विश्व

बलात्कार पीडितसँग सेल्फी लिँदा जागिर गुम्यो
SHARES

फोटो साभार: बिबिसी हिन्दी
असार १७, २०७३

    केही देख्यो कि क्यामेरा निकाल्यो ओठ चुच्चो पार्‍यो फोटो खिचिहाल्यो। हिजोआज सेल्फीको चलन खुबै बढेको छ। यसको संवेदनशीलता र प्रभाव के होला भन्नेबारे भने धेरैले सोचेका हुँदैनन्। सेल्फी लिएकै कारण भारतमा एउटी महिलाले जागिर नै गुमाएकी छन्। 

    महिला सम्बन्धी मुद्धा हेर्ने निकाय राष्ट्रिय महिला आयोग, राजस्थानकी सदस्य सौम्या गुर्जरले सेल्फी लिएकै कारण राजिनामा दिनुपरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

    बुधबार महिला आयोगकी राजस्थान अध्यक्ष सुमन शर्मा एक बलात्कार पीडित महिलालाई भेट्न जयपुरको महिला प्रहरी पोष्टमा गएकी थिइन्। त्यस क्रममा संगै रहेकी गुर्जरले पीडित महिलासँग सेल्फी लिएकी थिइन्। जुन सेल्फीमा अध्यक्ष शर्मा पनि देखिएकी छन्। यही कारण गुर्जरले जागिरबाट राजिनामा नै दिनुपर्‍यो। 

    सेल्फीको विषयलाई लिएर भारतका सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। त्यस्तै राष्ट्रिय महिला आयोगले राजस्थान महिला आयोगकी अध्यक्ष शर्मालाई त्यसबारे सोधपुछ गर्दै सेल्फी लिनु ‘अति असंवेदनशील’ भनेको छ।

    सेल्फीको व्यापक आलोचना भएपछि गुर्जरले राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजे समक्ष राजिनामा पेश गरेकी छन्।

    सेल्फीबारे राष्ट्रिय महिला आयोगकी राजस्थान अध्यक्ष शर्माले स्पष्टीकरण दिदै भनेकी छन् ‘महिला आयोगकी सदस्यले जब सेल्फी खिचिन् त्यो बेला म पीडित महिलासँग कुरा गरिरहेकी थिएँ। मलाई सेल्फी लिएकोबारे थाहा भएन। यस्तो कार्यको म समर्थन गर्दिन र उनीसँग लिखित जवाफ माग गरेकी छुं।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]