स्वास्थ्य

काठमाडौंमा रगत अभाव

रक्त्त संचार केन्द्र भन्छ- बर्षातले रक्त्तदानका कार्यक्रम नै कम भए।

असार १८, २०७३

    काठमाडौं- राजधानीमा रगत अभाव भएको छ। अहिले दैनिक ५ सय युनिटभन्दा पनि बढी रगतको माग छ । तर संकलन भने दैनिक १ सय युनिट हाराहारीमा मात्र हुने गरेको छ।

    नेपालमा असारदेखि कात्तिकसम्म देशैभर रगत अभाव हुने गरेको छ। ठूला अस्पताल रहेको काठमाडौंमा अझ बढी समस्या छ।
    स्वयंसेवी रक्तदातामा भर पर्दै आएको रक्तसन्चार केन्द्रले वषातको समयमा रक्तदान कार्यक्रम कम हुने भएकाले रगतको संकलन, संचय र वितरण प्रभावित हुने बताउँदै आएको छ।

    रक्तदान कार्यक्रमहरु कम भइरहेको र भएका कार्यक्रममा पनि अपेक्षाअनुसार रगत संकलन नहुँदा अभाव भएको केन्द्रले जनाएको छ। शल्यक्रिया तथा दु्र्घटनाका घाइते, अन्य विरामीका लागि सामान्य अवस्थामा हुने माग बाहेक गर्मी महिनामा रगतको माग बढी हुने गरेको छ। त्यसबाहेक बर्षायाममा सर्पले टोकेका विरामी धेरै आउँदा रगतको माग बढेको रक्तसन्चार केन्द्रका संचार अधिकृत सन्देश थापाले बताए।

    वर्षायाममा लगातार पानी परिरहने र खेतीपातीको समय भएकाले रक्तदान कार्यक्रमहरु कम हुने गरेका छन्। यस्तै रक्तदाता बढी हुनसक्ने ठाउँ कलेजहरुमा कतै विदा र कतै परीक्षा सुरु हुने भएकाले रक्तदान कार्यक्रम हुन नसक्दा पनि रगत संकलन कम भएको उनले बताए। संकलन नै कम भएपछि व्यवस्थापनमा कठिनाई भएको हो। केन्द्रमा नियमित रगत संकलन नहुने र केन्द्रमा सञ्चय पनि नभएपछि केही रगतको शोधभर्नामा जोड दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]