समाज

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

फाइल फोटो
असार १८, २०७३

    म्याग्दी : हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको दाना–३ तितरमा भिरबाट ढुङ्गा खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो खसेको ठूलाठूला दुई वटा ढुङ्गा डोजर प्रयोग गर्दा समेत हटाउन नसकिएको दाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले जानकारी दिए ।

    यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भिरमा पनि पहिरो खसेको छ । पहिरो र ढुङ्गाले सडक अवरुद्ध भएपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

    सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन् । आज बिहानैदेखि प्रहरी, स्थानीयवासी, यातायात व्यवसायी र डोजर परिचालन गरेर सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षा भइरहेकाले समस्या भएको प्रसनी छन्त्यालले बताए ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]