खेलकुद

इटली भर्सेज जर्मनी प्रिभ्यू : इतिहास इटलीको पक्षमा, जर्मनी दबावमा

www.90min.com
असार १८, २०७३

    काठमाडौं : विश्वविजेता जर्मनीका प्रशिक्षक जोचिम लो आज बढी नै  दबाबमा छन्। कारण हो इटलीसंगको क्वार्टरफाइनल भिडन्त। इटली त्यस्तो टिम हो जसले प्रिक्वार्टरफाइनलमा साविक विजेता स्पेनलाई घर पठाउँदै जर्मनीसंगको भेट पक्का मात्र गरेन उपाधिको प्रमुख दाबेदार भएको जनाउ पनि दियो। 

    यस्तोमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीलाई पन्छाउँदै क्वार्टरफाइनलसम्मको यात्रा गरेको जर्मनी सामु ठूला प्रतियोगिताहरुमा अहिलेसम्म जित निकाल्न नसकेको टोली विरुद्ध उत्रिँदा मानसिक रुपमा दवावमा हुनेछ। अहिलेसम्म ठूला प्रतियोगितामा ८ पटक आमनेसामने हुँदा जर्मनीले इटलीलाई ४ पटक नतिजा सुम्पेको छ भने ४ पटक बराबरीमा चित्त बुझाएको छ। 

    इटलीसँग सन् १९७० विश्वकपको सेमिफाइनल, सन् १९८२ को फाइनल, सन् २००६ को सेमिफाइनल र युरो २०१२ को सेमिफाइनलमा पराजित भएको जर्मनीले पछिल्लो पटक मार्चमा म्युनिखमा भएको मैत्रीपूर्ण खेल भने ४–१ ले जितेको थियो। 

    त्यसो त पछिल्ला पाँच ठूला प्रतियोगितामा लगातार सेमिफाइनल पुगेको रकर्ड पनि जर्मनीसंग छ। विश्वकप २००६, युरोकप २००८, विश्वकप २०१०, युरोकप २०१२ र विश्वकप २०१४ को सेमिफाइनलमा पुगेको जर्मनीलाई इटलीले दुईपटकसम्म सेमिफाइनलमा नै रोकेको छ। 

    ठूला प्रतियोगितामा खेलेको पछिल्लो १७ खेलमा जर्मनीले १४ मा जित निकाल्दा २ खेलमा बराबरी गरेको छ भने १ खेल हारेको छ, जुन इटलीसँग नै २०१२ को युरोकप सेमिफाइनलमा भोगेको पराजय हो। 

    तर जारी प्रतियोगितामा एक गोल पनि नखाएको जर्मनीले पछिल्ला ठूला प्रतियोगितामा गोल नखाएको ४८० मिनेट पुगेको छ। सन् २०१४ को विश्वकप सेमिफाइनलमा ब्राजिलका ओस्कारले गरेको गोलनै पछिल्लो पटक जर्मनीले खाएको गोल हो। 

    जारी प्रतियोगिताको ४ खेलमा ६९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको जर्मनी विपक्षीमाथि सबैभन्दा बढी हावी भएको टिम हो। 

    यता हरेक ठूलो प्रतियोगितामा जर्मनीमाथि आफ्नो रवाफ देखाउँदै आएको इटली भने मानसिक रुपमा बलियो देखिएको छ। प्रिक्वार्टरफाइनलमा साविक विजेतालाई घर फर्काउँदै आफ्नो चीर प्रतिद्न्वद्न्वी जर्मनीसंगको भेट पक्का गर्दा इटलीले विगतको रेकर्डलाई दोहोर्याजउन चाहन्छ। 

    जारी प्रतियोगितामा जर्मनीपछि सबैभन्दा कम गोल खाने टिम पनि इटली नै हो। उसले समूह चरणमा रिपब्लिक अफ आयरल्यान्डलाई नतिजा सुम्पदा १ गोल खाएको छ। 

    पछिल्लोपटक २०१२ को युरोकप फाइनलमा स्पेनलाई नतिजा सुम्पेको इटली लगातार फाइनलमा पुग्ने इतिहास रच्न चाहन्छ। 

    नेपाली समयअनुसार शनिबार राति पौने १ बजे नौभेउ स्टेड बोरडक्समा खेल हुनेछ। जुन मैदानमा इटली १९९८ को  विश्वकपमा चिलीसंग २–२ को बराबरीमा रोकिएको थियो। 

    युरोपका यी दुई ठूला महारथीको भिडन्त शनिबारको क्वार्टरफाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ। शनिबारको खेलको विजेताले फाइनल प्रवेशको लागि फ्रान्स र आइसल्यान्डबीचको विजेतासँग जुलाई ८ मा प्रतिस्पर्धा गर्नेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]