राजनीति

बजेटपछि सरकार फेर्ने माओवादीको निर्णय, एमालेले धोका दिएको आरोप

असार १८, २०७३

    काठमाडौं : सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बजेट पारित गरेपछि सरकार परिवर्तन गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको शनिबार बसेको कार्यालय समितिको बैठकले सत्तारुढ एमालेमा नैंतिकता नरहेको निश्कर्ष निकाल्दै बजेट पारित भएपछि सरकार परिवर्तन गर्ने निर्णय गरेको कार्यालय सदस्य मणि थापाले जानकारी दिए।

    '९ बुँदे सहमतिमा धोका दियो, ३ बुँदे सहमति लत्यायो, एमालेमा नैतिकता भन्ने रहेन' उनले भने 'त्यसैले बजेट पारित भएपछि राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल गर्ने निर्णय भएको छ।' उनले अहिलेको सरकारले ल्याएको बजेट भने पारित गर्न दिने बताए।  बजेटपछि राष्ट्रिय सहमतिको सरकार सम्भव नभए बहुमतीय भएपनि बनाउने थापाले जानकारी दिए।

    गएको वैशाख २३ गते एमाले र माओवादी केन्द्रबीच ९ बुँदे सहमति भएको थियो। जसमा विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालिन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोधनसहतिका प्रक्रिया अघि बढाउने, द्वन्द्वकालमा गरिएका जग्गाको कारोबारलाई वैधानिकता दिने लगायतका विषय उल्लेख छ। यी विषय कार्यान्वयन नगरेर एमालेले धोका दिएको माओवादीको आरोप छ।

    त्यस्तै सार्वजनिक रुपमा ९ बुँदे सहमति भएपनि गोप्य रुपमा ३ बुँदे सहमति भएको र त्यसमा बजेटपछि माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने विषय उल्लेख भएको माओवादी नेताहरुको दावी छ। तर एमालेले यस विषयलाई अस्विकार गर्दै आएको छ। माओवादी केन्द्रले एमालेले ३ बुँदे सहमति लत्याएको आरोप लगाएको छ। 'एमालेमा नैतिकता भन्ने रहेन नैतिकताको प्रश्न अब हामीतिर आयो' थापाले भने।

    शनिबारको कार्यालय समितिको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रले असार २१ र २२ गते पोलिट्ब्युरो बैठक बोलाएको छ।

बुद्ध लोप्चन

लोप्चन थाहा खबरका समाचारदाता थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]