समाज

भदौ १२ देखि नेपाल-जापान सिधा उडान

File Photo
जेठ ३१, २०७६

    काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ। आगामी भदौँ १२ गतेदेखि काठमाडौं–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवर्द्धनका काम अघि बढाएको हो।    

    पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन्। अगष्ट महीनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ ।     

    निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको संख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो। सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनीहरूको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ।    

    निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानसहित अन्य गन्तव्यमा पनि प्रक्रियाअघि बढाएको छ। चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्नेबारे गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।     

    निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ। निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन्।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]