समाज : सुरक्षा/अपराध

ट्रकको फल्स बटममा ५४ किलो गाँजा, दुई पक्राउ

जेठ ३१, २०७६

    हेटौंडा : मकवानपुर प्रहरीले ट्रकमा फल्स बटम बनाई ल्याएको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।  पूर्व-पश्चिम राजमार्गस्थित हेटौँडा-१५ रातोमाटेबाट प्रहरीले शुक्रबार बिहान ५४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

    मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरीले  हेटौँडा १५ मा मनहरीबजारबाट गाँजा लोड गरेर वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ५३४० नम्बरको ट्रकमा गाँजा बरामद गरेको हो। प्रहरीले चेकजाँच गर्ने क्रममा बाराको सिमरा उपमहानगरपालिका २ का  २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौलका ४४ वर्षीय संजय महतोलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार ट्रकको अगाडि पट्टीको सिलिङमा फल्स बटम बनाई दुई वटा बोरा भित्र २७ वटा पलास्टिकले बेरिएको पोकामा लुकाएर उक्त गाँजा ल्याएको  थियो। घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]