अर्थ

दुर्गममा नगद व्यवस्थापन गरिदिन सरकारसँग बैंकर्स संघको माग

जेठ ३१, २०७६

    काठमाडौं : नेपाल बैंकर्स संघले दुर्गम क्षेत्रमा खोलिएका बैंकहरूको नगद व्यवस्थापन गरिदिन सरकारसँग माग गरेको छ।

    संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले सरकारको नीतिअनुसार दुर्गम क्षेत्रमा पनि बैंकहरु खोलिए पनि नगद व्यवस्थापन गर्न कठिनाई भएको उल्लेख गर्दै उचित व्यवस्थापन गरिदिन सरकार र नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका हुन्।

    शुक्रबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नोक्सानी व्यहोरिरहेका उद्योगलाई बढि नोक्सानी हुन नदिन पनि कम्तिमा ५ वर्षसम्म बैंकको लोन प्रवाह गर्दा व्याजदर बढाउने व्यवस्था नगरिदिन पनि नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराए।

    नेपाल राष्ट्र बैंकले नोक्सानमा गएका उद्योगहरूलाई २ वर्षपछि ‘वाचिङ लिष्ट’ मा राख्दा उनीहरूले लिएको लोनमा व्याजदर थप हुने भएकाले त्यसले झनै समस्यामा पार्ने अध्यक्ष ढुंगानाको भनाई छ। संघले जलविद्युत आयोजनाका कारण कृषि क्षेत्रमा लगानी बढाउन निजी बैंकहरूलाई समस्या परिरहेको पनि जनाएको छ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बैंकहरुले उपयुक्त ठाउँमा लगानी गरे/नगरेको अनुगमनमा विशेष जोड दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे। उनले बजारलाई हेरेर व्याजदर निर्धारण गर्ने परिपाटीको पनि विकास गर्नुपर्नेमा जोड दिए। क्षेत्रीले पूजीगत खर्च बढाउन ध्यान केन्द्रित गर्न पनि सरकारलाई सुझाव दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]