अर्थ

कृषकलाई कृषि यन्त्र उपकरण वितरण

जेठ ३१, २०७६

    भद्रपुर, (झापा) : हल गोरुसँगै काम गर्ने मजदुर पाउने छाडिएकोले कृषि क्षेत्रमा यान्त्रिकरण भित्र्याउने उद्देश्यले झापामा पहिलो पटक १०५ जना कृषकलाई एकै पटक साना कृषि यन्त्र उपकरण वितरण गरिँदैछ। 

    प्रदेश १ सरकार अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले सहयोगमा कृषि ज्ञान केन्द्र झापामार्फत १५ वटै स्थानीय तहका १०५ जना कृषकलाई एक करोड २१ लाख २० हजार मूल्य बराबरको कृषि यन्त्र उपकरण वितरण सुरु गरिएको हो। छनोटमा परेका कृषकलाई कृषि सामग्री खरिद बापत ५० देखि ७५ प्रतिशतसम्म रकम अनुदानमा दिएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार प्रदेश सरकारले १४ वटा जिल्लामा पहिलो पटक यस्तो कार्यक्रमको सुरुवात गरेको हो।

    ‘यसवर्ष प्रदेश एकमा ९ करोड बजेट विनियोजन भएकोमा झापामा एक करोड २१ लाख २० हजार रुपैयाँ आएको हो’, उनले भने, ‘रकम छुट्टिएपछि जिल्लाको १५ वटा पालिका मध्येबाट कृषि यन्त्र उपकरण खरिदका लागि ४६७ वटा निवेदन केन्द्रमा परेको र त्यसमध्येबाट १०५ जना कृषक छनोट गरेका हौं।’

    कृषि यन्त्र उपकरण खरिदका लागि झापामा पाँच वटा स्थान तोकिएको छ। ‘सोही ठाउँबाट कृषि यन्त्र उपकरण खरिद गरी लैजान भनी केन्द्रले छनोटमा परेका कृषकलाई अनुदान रकमको सिफारिस पत्र दिन सुरु गरेको छ’, उनले भने। ‘यस्तो प्रकारको कार्यक्रमले कृषक उत्साहित हुन्छ’, उनले भने, ‘अहिले गाउँघरमा हल गोरु पाउन छाडिसकेको छ। काम गर्ने मान्छे भेटिँदैन। उब्जाउन बढाउन त्यही भएर कृषकलाई यस्तै कार्यक्रम चाहिन्छ।’ 

    केन्द्रका अनुसार नगरपालिकाहरू मध्ये अर्जुनधारामा १३, कनकाईमा ९, भद्रपुरमा ५, मेचीनगरमा ५, शिवसताक्षीमा ९, बिर्तामोडमा ११, दमकमा ७ गौरादहमा १५ र गाउँपालिकाहरूमध्ये कचनकवलमा २, कमलमा ३, झापामा ७, गौरीगञ्जमा ४ वुद्घशान्तिमा ६ र हल्दिवारीमा ३ जना गरी १०५ जना कृषक छनौटमा परेका हुन्।

    छनोटमा परेका कृषकहरूले रिपर, पावर टेलर, रोटाभेटर, थ्रेसर, मकै छोडाउने मेसिन, व्रसकटर लगायतका कृषि यन्त्र अनुदानमा पाउने छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]