राजनीति

‘नेकपाले ७० वर्षपछि पाएको अवसर सदुपयोग नगरे कांग्रेसकै हाल हुनेछ’

‘उपभोक्ता समितिको आश गर्ने कम्युनिस्ट कार्यकर्ता होइनन्’

जेठ ३१, २०७६

    बाजुरा : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीले ७० वर्षपछि पाएको सुनौलो अवसरलाई सही सदुपयोग नगरे कांग्रेसकै हाल हुने बताएका छन्।

    नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा रावलले सुनौला अवसरलाई गुमाउने छुट नेकपासँग नरहेको बताए। ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके कांग्रेसकै हाल हुने उनको भनाइ थियो।

    त्यसैगरी कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै रावलले उपभोक्ता समितिको आश गरेर नेकपामा नलाग्न भनेका छन्। सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका रावलले उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिस्ट पार्टीमा हुनै नसक्ने बताएका हुन्।

    केही लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष, सचिव हुने सोचको अन्त्य हुनुपर्ने रावलले बताएका हुन्।

    रावलले भने, ‘जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ, सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सीने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न।’

    पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका रावलले चुनावी बाचा पूरा गर्नुको विकल्प नरहेको बताएका थिए। सरकारका लोकप्रिय कामको गाउँमा सन्देश लिएर वृद्धभत्ता बढेको खबर गर्न कार्यकर्तालाई रावलले अपिल गरेका थिए।

    कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लेखराजट भट्टले पार्टी एकता नै एतिहासिक उपलब्धि भएकाले भूमिका पाउने र नपाउने विषय प्रधान नठान्न आग्रह गरेका छन्। पार्टीमा जनवाद र केन्द्रीयता दुवै भूमिका हाबी हुने भएकोले त्यसलाई आत्मसात गर्न कार्यकर्तालाई आग्रह गरेका थिए।

    प्रदेश अध्यक्ष कर्णबहादुर थापाले क्षमता, योग्यता र इमान्दारिताका आधारमा भूमिका बाँडफाँट गरिएकोले प्राप्त अवसरलाई अधिकतम उपयोग गर्न आग्रह गरेका थिए। थापाले गाउँ नगर, वडा कमिटी नै बलियो भएकोले जिल्ला कमिटीमा नअटाएका कार्यकर्तालाई थुप्रै अवसर रहेकोसमेत जानकरी गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]