खेलकुद

विश्वकप : वेस्टइन्डिजविरुद्ध ४० वर्षको निरन्तरता इंग्ल्यान्डले राख्यो कायम

जेठ ३१, २०७६

    विश्वकप क्रिकेट २०१९ को १९ औँ खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ।

    साउथह्याम्प्टनको द रोस बल मैदानमा शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो। जसलाई घरेलु टोलीले २ विकेटको क्षतिमा ३३ ओभर १ बल खेलेर पूरा गरेको थियो।

    वेस्ट इन्डिजका लागि निकोलस पुरनले ६३, सिमरोन हेटमायरले ३९ र क्रिश गेलले ३६ रन बनाउनुका अलवा अन्य ब्याट्सम्यानले खासै प्रदर्शन गरेनन्। बलिङतर्फ इंग्ल्यान्डका मार्क वुड र जोफ्रा आर्चरले समान ३-३ विकेट लिएका थिए। जोए रुटको नाममा २ विकेट रह्यो।

    वेस्ट इन्डिजले दिएको २१३ रनको लक्ष्य पछ्याएको इंल्यान्डका लागि प्लेयर अफ द म्याच जोए रुटले शतक प्रहार गरे। उनले नटआउट १०० रन जोडे। जोनी बेयरेस्टोले ४५ र क्रिश वाकिसले ४० रन जोडेका थिए। बलिङतर्फ वेस्ट इन्डिजका सानन गाब्रियलले २ विकेट लिएका थिए।

    वेस्ट इन्डिज ४० वर्षयता इंगल्यान्डविरुद्ध जित निकाल्न यसपटक पनि असफल रह्यो। यो बीचमा आजको सहित यी दुई देशबीच १०२ खेल भएका छन् जसमा सबै खेल इंग्ल्यान्डले जितेको छ।

    जारी विश्वकपमा वेस्टइडिजले एक खेल जितेको छ भने इंग्ल्यान्डको यो तेस्रो जित हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]