छापा

लोकसेवामा एक लाख २२ हजारको आवेदन, एकैदिन १७ हजार

जेठ ३२, २०७६

    काठमाडौं  : लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा शुक्रबारसम्म्ममा झण्डै एक लाख २२ हजारको आवेदन परेको छ। आयोगका अनुसार शुक्रबारसम्म एक लाख २१ हजार ७४८ जनाको आवेदन परेको समाचार राजधानी दैनिकले लेखेको छ।

    आयोगका अनुसार खुलातर्फ एक लाख २० हजार ३५७ महिलामा ३० हजार १४६, जनजातितर्फ १४ हजार ११६, मधेसीतर्फ ६ हजार ९२७, दलितमा आठ सय ६७, अपांगमा ५६ र पिछडिएका क्षेत्रतर्फ ३८ जनाको आवेदन दर्ता भएको छ। आवेदन वापत दुई करोड १९ लाख ८४ हजार ६ सय राजस्व संकलन भइसकेको आयोगले जानकारी दिएको छ।

    संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि अन्योलताको स्थितिमा समेत आवेदन आउने क्रम रोकिएको छैन ।

    सर्वोच्च अदालतले बुधवार आयोगको विज्ञापन रद्द गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । यसपछि आवेदन दिनेको संख्या झनै बढेको छ। शुक्रबार एक दिनमा मात्रै १७ हजारको संख्यामा आवेदन परेको छ। अदालतले ३ असारमा यससम्बन्धी फैसला गर्ने जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]