छापा

चार प्रतिशतले बढ्यो बजारभाउ

जेठ ३२, २०७६

    काठमाडौं :एक महिना अवधिमै खाद्यान्नको भाउ चार प्रतिशतले बढेको सरकारकारी तथ्यांकले देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको मूल्य विश्लेषणअनुसार वैशाखयता दैनिक उपभोग्य सामग्रीमा औसतमा ४.२  प्रतिशत बढेको हो।

    कान्तिपुर दैनिकमा समाचार छ, ‘बजार मूल्य विश्लेषण गर्दा उपभोग्य वस्तुको मूल्य बढेको देखिएपछि नियन्त्रण गर्न गोदाम र ठूला आयातकर्तामा अनुगमन सुरु गरेका छौँ’, विभागका  महानिर्देशक योगेन्द्र गौचनले भने। सरकारले जेठ १५ गते बजेट भाषण गरेपश्चात् व्यवसायीले आफूखुशी मूल्यवृद्धि गर्दै आएका छन्।

    ढुवानी सेवामा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएपछि व्यापारीले मूल्य बढाउन बहाना पाएका छन्। आटा, मैदा मस्यौरालगायतमा पनि भ्याट लगाइएको छ। केही वस्तुको मूल्य बजेटअघि नै बढेको महानिर्देशक गौचनको दाबी छ।

    विभागले तयार पारेको मूल्य विश्लेषण प्रतिवेदनअनुसार स्टिम जिरा चामलमा ती प्रतिशतले भाउ बढेको छ। बासमती चामलमा १.६ प्रतिशत र आटामा १० प्रतिशत मूल्य बढेको छ। मसिनो मुसुरोमा २० प्रतिशत बढेको छ। मासको दाल एक महिनामा ९.५ प्रतिशतले बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]