रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ। वृन्दावन न...
काठमाडौं : वैदेशिक रोजगारीको बहानामा १५ नेपाली बेचबिखन गर्ने दुईजनालाई पक्राउ गरेको छ।
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई ब्यूरोको टोलीले शुक्रबार पक्राउ गरेको हो।
ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाई पाँच लाखदेखि आठ लाखरुपैयाँसम्म लिएर नयाँदिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्धक बनाउने कार्यमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। ‘बन्दक बनाएर काममा लगाउने र पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ’, उनले भने।
पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्यूरोले जनाएको छ। पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरो प्रमुख कार्कीले बताए।
पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर १० लाख धरौटीमा रिहा भएका थिए ब्यूरोले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।