खेलकुद

कोपा अमेरिकामा आयोजक ब्राजिलको सहज जित

जेठ ३२, २०७६

    इलाम : कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले सुखद सुरुवात गरेको छ। आज भएको उद्धघाटन खेलमा उपाधिको दावेदार मानिएको ब्राजिलले बोलिभियाको चुनौती ३–० गोल अन्तरले पन्छाएको हो।

    ब्राजिलको जितमा फिलिपे काउटिन्हो र एभरटन सोरेसले गोल गरे। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै काउटिन्होले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। बोलिभियाका डिफेन्डर एड्रिएन जुसिनोले डिवक्सभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)को सहयोगमा निर्णय लिएका थिए। तीन मिनेटमा नै काउटिन्होले अग्रता दोव्वर बनाए।

    रोबर्टो फर्मिनोको क्रसमा अनमार्क रहेका काउटिन्होले हेडर मार्फत गोल गरे। खेलको ८५ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विंगर एभरटनले गोल गर्दै सहज जित पक्का गरे। उनले मैदानको बायाँ विङ्गबाट बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गोल गर्न सफल रहे। खेलमा ब्राजिलका काउटिन्हो र बोलिभियाका फर्नान्डो सौसेडोले पहेलो कार्ड पाए। जितसँगै ब्राजिल ३ अंकको साथ समुहको शीर्ष स्थानमा छ। खेलको म्यान अफ दि म्याच काउटिन्हो घोषित भए।

    हालसम्म ब्राजिल र बोलिभियाले २९ खेल खेलेका छन्। जसमा ब्राजिलले २० खेल जितेको छ भने बोलिभिया पाँच खेलमा विजयी रहेको छ। चार खेल बराबरीमा सकिएका छन्। ब्राजिलले खेलेको पछिल्लो पाँच खेलमा चार जित र एक बराबरी खेलेको छ। 

    यता बोलिभिया भने पछिल्ला पाँच खेलमा जितविहीन रहँदै तीन हार र दुई बराबरीको नतिजा रहेको छ। आइतबार राति पौने १ बजे दोस्रो खेलमा पेरु र भेनेजुएला आमनेसामने हुँदैछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]