समाज

काठमाडौंमा भएको बम विस्फोटका एकजना घाइतेको मृत्यु

जेठ ३२, २०७६

    काठमाडौं : यही जेठ १२ गते काठमाडौंमा भएको श्रृङ्खलाबद्ध बम विस्‍फोटमा परी घाइते भएका थप एक जनाको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठ रहेका छन्। योसँगै श्रृङ्खलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।

    यसअघि विस्‍फोटमा परी घटनास्थलमै २ जना र उपचारका क्रममा अन्य २ जनाको पनि मृत्यु भएको थियो। सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका श्रेष्ठको ओम हस्पिटलको आइसियुमा उपचार भइरहेको थियो। उक्त घटनामा घाइते अन्य दुईजना सुरेन्द्र महर्जन र हरि खड्काको अहिले पनि सोही हस्पिटलमै उपचार भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]