समाज

गर्मी बढेपछि वीरगञ्ज महानगरभित्रका विद्यालय एकसाता बन्द

जेठ ३२, २०७६

    काठमाडौं : गर्मी बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकाभित्र रहेका सबै विद्यालय एक साताका लागि बन्द गरिएका छन्। अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि भोलि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गरिने महानगरपालिकाले जनाएको छ।

    महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ र महानगरको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजय सरावगीले जानकारी दिए।

    वीरगञ्जभित्र ९३ सामुदायिक र १ सय ८५ भन्दाबढी निजी विद्यालय रहेका छन्। एक सातादेखि लगातार बढ्दै गएको गर्मीका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ। दिउँसोको समयमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस पुगेपछि सर्वसाधारण बिरामी हुन थालेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]