राजनीति

कांग्रेसको क्षेत्रीय सम्मेलन नुवाकोटमा

जेठ ३२, २०७६

    काठमाडौं : नुवाकोटमा आज नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलन सुरु भएको छ। नुवाकोटको लिखु गाउँपालिका-४ मा आयोजना हुने क्षेत्रीय सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित उपसभापति विजय गच्छादार र सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सम्बोधन गर्ने बताइएको छ।

    नुवाकोटका दुवै क्षेत्रले संयुक्तरूपमा क्षेत्रीय सम्मेलन गर्न लागेका हुन्। सम्मेलनलाई सोही जिल्लाका नेताहरूले बहिष्कार गर्ने भएका छन्। क्षेत्रीय सम्मेलनलाई पूर्वअर्थमन्त्री डा रामशरण महत र अर्का नेता अर्जुननरसिंह केसीले बहिष्कार गर्ने भएका हुन्।

    संस्थापन पक्षका नेताहरूको इच्छाअनुरूप आयोजना गरिएको कार्यक्रममा शीर्ष नेताहरूलाई अवमूल्यन गरिएकाले डा महत र केसी सहभागी नहुने बताइएको छ। कार्यक्रमको प्रारूप तयार गरिसकेपछि अन्तिम समयमा निमन्त्रणा गरिएको जनाउँदै नेता महत र केसी दुवै नेता नजाने बुझिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]