समाज

गुठी विधेयकको विरोधमा वसन्तपुरमा प्रदर्शन

जेठ ३२, २०७६

    काठमाडौं :  गुठी विधेयकको विरोधमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन भएको छ। ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान वसन्तपुरदरबार क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो।

    ज्यापू महागुठीअन्‍तर्गतका विभिन्न गुठीका गुठियार तथा सर्वसाधारण सम्मिलित प्रदर्शनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याइएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो। प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दै छ, आफ्नो अधिकार खोज्दै छलगायत नारा लगाएका थिए।

    ज्यापू महागुठीअन्‍तर्गतका गुठीहरूको संलग्नतामा निकालिएको विरोध र्‍यालीले न्युरोड, जैसीदेवललगायतका स्थान हुँदै वसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो।

    सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ। सत्तारूढ दलकै सांसदहरूले पनि यो विधेयकको विरोध गर्दै आएका छन्।

    सरकारले मुलुकभरका गुठीहरूको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन्।

    गुठी विधेयकको विरोधमा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएको छ भने संघीय संसदमा पनि सांसदहरूले विधेयकको विरोध गर्दे आएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]