समाज

बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम : कामदार छनोटकै चरणमा

जेठ ३२, २०७६

    बैतडी : बैतडीका दशवटा स्थानीय तहमध्ये नौ वटा स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तयारी मात्रै गरेका छन्। पुर्चौडी नगरपालिकाले भने कामदारको छनोट गरि कार्यान्वयनमा ल्याइसकेको छ भने अन्य स्थानीय तह कामदार छनोटकै चरणमा रहेका छन्।

    जिल्लाको पञ्चेश्वर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कामदार छनोट गर्न प्रत्येक वडालाई निर्देशन दिएको निमित्त प्रमुख प्रशासकी अधिकृत कमलापती भट्टले जानकारी दिए। यस्तै, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका पनि कामदार छनोटकै चरणमा रहेका छन्।

    जिल्लाको सिगास गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक वडामा योजना छनौट गरी कामदार छनोट गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। जिल्लाको सुर्नया गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामदार छनोट गर्न प्रत्येक वडालाई आग्रह गरेको र कामदार छनोटको काम जारी रहेको गाउँपालिकाका नायव सुब्बा धनबहादुर चन्दको भनाई छ।

    पाटन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार हजार ८४ जनाले आवेदन दिएको र तिनै आवेदकमध्ये छनोट गरेर प्रत्येक वडामा रोजगारी दिइने रोजगार संयोजक महेश पन्तले बताए। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाले पनि वडा तहमा कामदार छनोट कार्य जारिरहेको बताएको छ।

     जिल्लाको दशरथचन्द नगरपालिकाले पनि कामदार छनोट गरेर असार १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार दिने तयारी गरेको रोजगार संयोजक नन्दराज जोशीले जानकारी दिए।

    पुर्चौडीमा २४८ जनाले रोजगार पाए

    पुर्चौंडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तगर्त २४८ जनालाई रोजगार दिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन दिएका ६ हजार ५२३ जना मध्ये २४८ जनालाई छनोट गरी रोजगार दिइएको रोजगार संयोजक मीनबहादुर महराले जानकारी दिए।

    प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिका तथा वडाले सञ्चालन गरेका विभिन्न विकास निर्माणका काममा लगाउने गरेको छ। छनोट भएका व्यक्तिमध्ये एकजनालाई कम्तीमा ३० दिन र बढीमा ४० दिन रोजगार दिइने संयोजक महराले बताए।

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका नागरिकलाई प्रतिदिन ५१७ रुपैयाँका हिसाबले ज्याला दिइने जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी पाउँदा स्थानीयलाई सजिलो भएको पुरचौंडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए।

    प्रधानमन्त्री रोजगार कार्यक्रममा ९३ जना महिला कामदार पनि अटाएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महिलाले समेत रोजगार पाएपछि उनीहरू खुसी भएका छन्। पुर्चौंडी नगरपालिकाले केही दिनभित्रै प्रधानमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्ने तयारीसमेत गरेको जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]