समाज

डोल्पामा विवादका कारण गठन भएन न्यायिक समिति

जेठ ३२, २०७६

    जाजरकोट : स्थानीय सरकार गठन भएदेखि नै न्याय सम्पादनमा सजिलो होस भनि देशैभर न्यायिक समिति गठन भए पनि डोल्पामा भने अझै हुन सकेको छैन।स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलिभेरी नगरपालिकामा न्यायिक समिति गठन हुन सकेको छैन।

    प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो। न्यायिक समिति गठन नहुँदा न्याय सम्पादन कार्य अलपत्र पर्दै आएको छ। अहिले पनि न्याय सम्पादनका लागि प्रहरी, जिल्ला प्रशासन मै स्थानीयवासी जाने गरेका छन्। जुफाल कि दुनै प्रशासनिक केन्द्र भन्ने विषयको विवादले गर्दा यहाँका अधिकांश विकास निर्माणका काम समेत प्रभावित भएका छन। केन्द्रकै विवादले गर्दा वजेट कार्यान्वयनमा समस्य देखिएको छ।

    नगरपालिकाको कामकाज अहिले जुफालबाट हुँदै आएकाले जुफालबाट कार्यसम्पादन भएका कुनै पनि कार्य दुनैमा रहेका जनप्रतिनिधीले स्वीकार नगर्दा दुनैमा हुने हरेक गतिविध ओझेल पर्दे आएका छन्। नगरप्रमुखको घर जुफाल रहेको भने ,नगरउपप्रमुखको घर दुनै रहेको छ।

    राजनीतिक मुद्दा भन्दा पनि व्यक्तिगत इगोले कारण दैनिक समस्य पर्दै आएको अधिकांश सर्वसाधारणहरू बताउन थालेका छन्। जनप्रतिनिधि दुई भागमा विभाजन हुँदा काम गर्न समस्य भएको छ। न्यायिक समिति गठन हुन नसक्दा दैनिक जनताबाट गाली खाएको नगरउपप्रमुख योगेन्द्रबहादुर शाहीले बताए। नगरप्रमुख

    गणेशबहादुर शाहीलाई न्यायिक समिति गठनका विषयमा कुरा गर्न खोज्दा अहिले सुतेको छु, पछि कुरा गरौला भन्दै फोन काटेपछि कुरा हुन सकेको छैन। तल्लो डोल्पाका स्थानीय तहमा आवश्यक ज्ञान नहुँदा न्याय सम्पादनमा समस्य भएको मुड्केचुला गाउँपालिकाले जनाएको छ। माथेल्लो डोल्पा भन्दा तल्लो डोल्पाका मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिकामा न्याय सम्पादनको काम अगाडि बढेको पाइएको छ। 

    उपल्लो डोल्पाका सवै स्थानीय तहका कार्यालयहरू सदरमुकाम दुनैमा भएका कारण त्यहाँका स्थानीयले न्याय सम्पानको काम महसुस गर्ने गरी नपाएको गुनासो गरेका छन्। हिउँदमा चिसो छल्न  जाजरकोट र रुकुम झर्ने भएका स्थानीयवासी तातो भएपछि मात्र उपल्लो डोल्पा फर्कने गर्दछन्। 

    उपल्लो डोल्पा फर्के पनि यहाँका हिमालमा पाइने जडीवुटीको संकलन तथा व्यापारमा व्यस्त हुँदा समस्य भएको बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]