समाज

गर्मीले सर्लाहीको जनजीवन कष्टकर

जेठ ३२, २०७६

    सर्लाही : देशभर नै बढेको गर्मीले सर्लाहीको जनजीवन निकै कष्टकर बन्दै गएको छ। चर्को घाम र उच्च तापक्रमले जिल्लाको जनजीवन अझ बढी प्रभावित बनेको हो। केही दिनदेखि अत्याधिक गर्मी महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

    शनिबार पनि दिनभर चर्को घाम लाग्दा यस भेगको जनजीवन प्रभावित बनेको छ। गर्मीले सर्वसाधारण छटपटिएका छन्। ४०/४१ डिग्रीसम्म तापक्रम पुग्दा जनजीवन नराम्ररी प्रभावित बनेको हो। अहिलेको उच्च गर्मीमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन,स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन्। 

    प्रचण्ड गर्मीमा अनियमित रुपमा भैरहेको विद्युत् कटौतिले जिल्लावासी झन हैरान भएका छन्। नेपाल विद्युत् प्राधिकरणले भने गर्मीयाममा विद्युतीय उपकरण धेरै सञ्चालन हुने भएकाले भार थाम्न नसकेर विद्युत् प्रवाहमा समस्या देखिएको जनाएको छ। गर्मीका कारण सदरमुकाम मलंगवा लगायत लालबन्दी, हरिवन, नवलपुर, गोडैता, बरहथवा, सोल्टी बजारको चहलपहलमा कमी देखिएको छ। गर्मीसँगै पर्याप्त पानी नपर्दा किसान झन पिरोलिएका छन्। 

    मौसम बद्ली भई यसभेगमा पटक-पटक आकाश धुम्मिने, गड्याङगुडुङ गर्ने र हावाहुरी चल्ने गरे पनि पानी पर्न सकेको छैन। पर्याप्त वर्षा नहुँदा खडेरीले किसानले लगाएको मकै सुकेका छन्। बेलैमा पानी नपर्दा यस वर्ष मकै कामै नलाग्ने अवस्थामा पुगेको किसानको गुनासो छ। कतिपय किसानले राखेको धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित बनेका छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]