समाज

आगलागीबाट सल्यानमा तीन घरगोठ जलेर नष्ट

जेठ ३२, २०७६

    सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखराको जंगलमा लागेको आगो बस्तीमा आउँदा तीन घरगोठ जलेर नष्ट भएका छन्। शनिबार दिउँसोबाट सिद्धपोखरी सामुदायिक वनमा लागेको आगो मानव बस्तीमा आउदा तीन घरगोठ जलेको वडा अध्यक्ष लीलाधर घर्तीले बताए। उनका अनुसार धुमधुमेमा १, जन्तीगाउँमा १ र ढुंगा कोटेमा १ घरगोठ जलेको छन्। हावाहुरी चलेका कारण आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ।

    सिद्धपोखरी सामुदायिक वनमा लागेको आगो अहिले स्वर्गद्वारी सामुदायिक वनमा समेत फैलिएको उनको भनाइ छ। नेपाली सेना, सशस्त्र प्रहरी, वनका उपभोक्ता, स्थानीयबाट वनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भई रहेको छ। 

    आगलागीकै कारण यो वर्ष मात्रै दुईजनाको ज्यान गइसकेको छ भने लाखौंको क्षति भएको छ। लामो खडेरीका कारण जिल्लाका अधिकांश सामुदायिक वनमा यो वर्ष आगलागी भएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]