राजनीति

निर्माणाधिन शीत भण्डारमा आगलागी, एक करोडको क्षति

जेठ ३२, २०७६

    धनगढी : कैलालीमा निर्माधीन शीत भण्डारमा आगलागी भएको छ।

    कैलालीको घोडोघाडी नगरपालिका-१० पहलमानपुरमा रहेको निर्माणाधिन शीत भण्डारमा शनिबार आगलागी भएको हो। आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    निर्माणाधिन कोल्ड स्टोरमा वल्डिङको काम भइरहेको बेला आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र नेपाल प्रहरीको सक्रियतामा करिब ३० मिनेटपछि आगो नियन्त्रणमा आएको थियो।

    करिब ३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको शीत भण्डार सुदूरपश्चिम प्रदेशकै सबै भन्दा ठूलो रहेको बताइएको छ। साना तथा मझौता कृषक आयस्तर वृद्धि परियोजना (रिज्म एफपी)को ३ करोड लगानी रहेको सो कोल्ड सञ्चालनमा नआउँदै आगलागी भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]