काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
जुम्ला : जुम्लामा फल्ने कालीमार्सी धानको इतिहास झल्काउन तातोपानी गाउँपालिकाले 'गुरुफाेक्टो रोपाइँ महोत्सव' गरेको छ। बिहीबार तातोपानी गाउँपालिकाको लाछुज्युलोमा रहेको गुरुफोक्टोमा गुरुफोक्टो रोपाइँ महाेत्सव गरिएको हो।
समग्र जुम्ला जिल्लाकाे मार्सी धानको गुरुको रुपमा रहेको लछालकृत पौकेलाको गुरु फोक्टोमा रोपाइँ गरिएको हाे। जिल्ला समन्वय समिति जुम्लाको समन्वय तथा तातोपानी गाउँपालिकाको आयोजनामा गुरुफोक्टो रोपाइँ महोत्सव गरेको हाे। लछालकृत पौकेलाले धान रोप्ने सुरुवात गरेपछि जुम्लामा मार्सी धानको सुरुवात भएको किंवदन्ती छ।
तातोपानी गाउँपालिकाका ७२ वर्षीय नन्दप्रसाद अधिकारीका अनुसार गुरुचन्दननाथले कास्मिरबाट धानको बीउ ल्याएर गुरुफाेक्टोमा रोपेको धान फलेको र त्यो फोक्टोको धानको चामल चन्दननाथ मन्दिरमा अक्षताका रुपमा चढाउने गरिएकाे किंवदन्ती छ।
तातोपानी गाउँपालिकाकी उपप्रमुख गंगादेवी उपाध्यायले जुम्लाको इतिहास तथा पहिचानको बोकेको गुरुफाेक्टो प्रसार प्रसारको अभावमा रहेकाे बताइन्। जुम्लाको इतिहास नै पछाडि परेकाले अब तातोपानी गाउँपालिकाले लछालकृत पौकेलाको पहिचान दिन आवश्यक रहेको बताइन। उनले पहिलोदेखि चली आएको रीतिरिवाजले गुरुफोक्टो ओझेँलमा परेको बताइन्। यसअघि गुरुफाेक्टो चिनाए धान उत्पादन हुँदैन भन्ने जस्ता परम्परागत्त सोचले गर्दा यसको पहिचान हुन नसकेको उनको भनाइ छ।
गुरुफोक्टोमा रोपाईसँगै लछालकृत पौकेलाको मूर्ति ल्याएर चोपाई पनि गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।