समाज

अबैध ढंगले उत्खनन गर्ने गाडीसहति १५ चालक पक्राउ

जेठ ३२, २०७६

    कपिलवस्तु : कपिलवस्तुमा अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको एउटा स्काभेटरसहित १५ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैधरुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बुद्धभूमि १ कोन्द्रेखोलाबाट रातिमा अवैध रुपमा नदीजन्य पदार्थ संकलन गरिरहेका स्काभेटर, जेसिबी, टिप्पर र चालकलाई नियन्त्रणमा लिएको हो।

    नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ वटा टिपर, २ वटा जेसिबी र एउटा स्काभेटर र चालक १० जनालाई नियन्त्रण लिएको हो। मध्यरातमा खोलामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ भन्ने सूचनाका आधारमा टोली पुग्दा उत्खनन गरीरहेको पाइएपछि सबैलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए।

    ११ वटा गाडी रहेकोमा एउटामा चालक नभेटिएको तर अन्य १० वटा गाडी चालकलाई भने पक्राउ गरिएको उनले बताए। प्रहरीले गाडीका हेल्पर र मजदुरलाई भने अव आइन्दा रातीमा खोलामा नआउने प्रतिवद्धता गराएर छोडेको छ।

    आइतबार आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय कपिलवस्तुमा पठाइने प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए। उता गत जेठ ३० गते बुद्धभूमि कै वडा नम्बर ६ बेलनदीबाट ३ वटा ट्याक्टर र एक जेसिबी र ५ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेका सवारी साधनलाई जिल्ला समन्वय समिति पठाइएको र ५ जनामाथि सार्वजनिक मुद्दा चलाइएको छ।

    यस्तै शनिबारै कपिलवस्तु नगरपालिका ३ रामघाटस्थित बाणगंगा खोलामा अवैध रुपमा वालुवा लोड गर्दै गरेका लु ३ त ९०४४ नम्बर र लु २ त ४२२७ को नम्बरका ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    यता गत मंसिरबाट खोला नालाको ठेक्का लागेपछि ठेकेदारले मनोमानी ढंगले उत्खनन गरे पनि स्थानीय, निकाय, जिल्ला समन्वय समिति, प्रहरी, प्रशासन प्रदेश सरकार मौन बसेका थिए। तर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र प्रशासन कार्यालय प्रजिअ फेरिए पछि खोलाको ठेक्काको अन्तिम सयममा प्रहरीले खोलामा अवैधरुपमा उत्खनन् कार्यमा संलग्न साधनहरू र मानिसलाई धमाधम पक्राउ गरेको छ।

    प्रहरीले ३ दिनमा १५ सवारी साधन र १५ जनालाई पक्राउ गरेको हो। स्थानीय निकायले खोलानालामा लगाएको ठेक्का जेठ ३२ गते समाप्त हुँदैछ।

    ठेकेदारले जेठको सुरुवातदेखि नै खोलानालामा जेसिबी, एक्साभेटर लगाएर अवैध उत्खनन गरिरहेका छन्। यसको ब्यापक जन गुनासो आएपछि प्रहरी हर्कतमा आएको हो। खोलानालामा स्थानीय जनप्रतितिधि कै मिलेमतोमा अवैध दोहन हुँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]