काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
उदयपुर : छैटौँ उदयपुर गोल्डकपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव विजयी भएको छ। थारूहट रंगशाला उदयपुरमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको न्यु स्टार फुटबल क्लबलाई १ काविरुद्द २ गोल अन्तरले हराउँदै एपिएफ विजयी भएको हो।
निकै प्रतिसपर्धात्मक खेलको दुवै गोल दोस्रो हापमा भएको थियो। दोस्रो हाफको १२ औँ मिनेटमा एपिएफका जर्सी नम्बर ९ का प्रवीन सेन्तेहाङ्ग गोलबाट अग्रता लिएका थिए। तर, खेलको २८औं मिनेटमा सुनसरीको न्यु स्टार फुटबल क्लवलका ८ नम्बर जर्सीका अरुरेल इनामेले एक गोल गर्दै बराबरी अंक बनाएका थिए।
पुनः दोस्रो हापकै ३८ औँ मिनेटमा एपिएफकै जर्सी नम्बर ११ का नवीन लामाले गोल गर्दै आफनो टिमलाई विजयी बनाएको आयोजकले जानकारी दिएको छ। सुरुवाती चरणबाटै आक्रमण खेल खेलको एपिएफले गोल गर्न भने दोस्रो हापसम्म कुर्नु परेको थियो।
तीनजना विदेशी खेलाडी लिएर मैदानमा प्रवेश गरेको सुनसरीले सोचेअनुरुप प्रर्दशन गर्न नसक्दा पहिलो खेलमा नै हार व्यहोर्न बाध्य बन्यो। प्रतियोगिताको म्यान अफ दि म्याच एपिएफका नवीन लामा घोषित भए। उनले नगद ७ हजार प्राप्त गरे।
यस्तै, आईतबार झापा ११ र आयोजक उदयपुर ११ बीच खेल हुने आयोजकले जानकारी दिएको छ। छैठौँ संस्करणको रमपम उदयपुर गोल्डकप फुटवल प्रतियोगिताका मुल व्यवस्थापन समितिका संयोजक रमाकान्त चौधरीकाअनुसार नेपाल प्रहरी, संकटा क्वल काठमाण्डौ र गोर्खाव्वाईज क्लव रुपन्देहीले सहभागिता जनाउने भएका छन्। झापा फुटवल क्लव झापा, मोरङ ट्रेनिङ क्लब विराटनगर र आयोजक उदयपुरले प्रतिस्पर्धा गर्दै छन।
खेल तयारीबारे जानकारी दिँदै संयोजक चौधरीले विभिन्न शीर्षक गरी ५३ लाख ५० हजार रुपैयाँको प्रस्तावित बजेट खर्च हुने जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख रुपैँया नगद र विभिन्न विधामा नगद १० हजारले सम्मान पाउने गरी तयारी गरिएको मुल व्यवस्थापन समितिका कोषाध्यक्ष ज्ञानेन्द्र मगरले जानकारी दिए। एक लाख राशिबाट सुरु भएको प्रतियोगिता छैठौँ संस्करणमा आईपुग्दा ५ लाख पुगेको छ।
सोही अवसरमा पाँचौँ रमपम गोल्डकपमा भएका गरेका खर्चका बारेमा पूर्व समितिका कोषाध्यक्ष प्रदीप श्रेष्ठले आयव्यय सार्वजानिक गरे। उनले ५२ लाख ३८ हजार बराबरको आयव्यय सार्वजानिक गरेका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। एसियन थाइफुड्स प्रालि र गौँडाछाप उदयपुर सिमेन्टले मुख्य प्रायोजन गरेको हो। प्रतियोगिता प्रदेश नम्बर १ मा आयोजना हुने ठूला दुई प्रतियोतिहरू बूढासुब्बा गोल्डकप र विराट गोल्डकप पछिको ठूलो प्रतियोगिता हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।