राजनीति

'जातीय राज्य दिने एजेण्डा लिएको सरकारले गुठी भत्काउन थाल्यो'

जेठ ३२, २०७६

    तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जातीयताको आधारमा राज्य दिने एजेण्डा लिएको कम्युनिष्ट सरकारले संस्कृति संरक्षणका लागि बनेको गुठी भत्काउन थालेको बताएका छन्। तनहुँको भिमाद नगरपालिका–१ बडहरभञ्ज्याङस्थित सञ्चालित कान्छी बजार मेलाको शनिबार समापन कार्यक्रममा सरकारले संस्कृतिमाथि हमला गरेको भन्दै केन्द्रिय सदस्य पौडेलले गुठी विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न दिन नहुने बताएका हुन्।

    यो सरकारले अधिनायकवादीशैलीमा अगाडि बढेको भन्दै उनले भने ‘जातीय एजेण्डा बोकेर जातीय राज्य दिन्छु, कम्युनिष्ट सरकारले जनताको माग पुरा गर्न सकेको छैन, अहिले यो सरकारले जातीय संस्कृतिमा हमला गरेको छ, जातीय संस्कृतिको संरक्षण समेत गर्न सकेको छैन, यो सरकारले जनतालाई झुक्याउने काम गरेको छ, संस्कृति संरक्षण गर्नुपर्ने अवस्थामा गुठी विधेयक ल्याएर नास गर्न लागिपरेको छ।’

    उनले काठमाडौंलाई नेवाः राज्य, तनहुँलाई मगरात, पोखरालाई तमुवान राज्य दिन्छु भनेर जनतालाई ढाँटेको बताए। अहिले जनता चुप लागेर बस्ने अवस्थाका छैनन्, गुठी विधेयक विरुद्ध आवाज उठाएर सडकमा आइसकेका छन्, समयमा सच्चिने प्रयास गर्न उनले सरकारलाई सुझाव दिए। उनले यो सरकारले युवालाई रोजगारी दिने भनेर आशवासन दिएपनि सोअनुरूपको रोजगारी दिनुको सट्टामा ऋणको भारी बोकाउने काम गरेकाले युवा वैदेशिक रोजगारीमा जान बाध्य आरोप लगाए।

    यो सरकारले जति एजेण्डा नयाँ ल्याए पनि बोलाई र गराईमा फरक परेको उनको भनाई छ। सरकारले बोलेको जस्तो व्यवहारमा पूर्ण कार्यान्वयन गर्न नसक्दा अहिले जनता निराश भएको उनको भनाई छ। यो सरकारले दीर्घकालीन आयोजना ल्याउन नसकेको र दीर्घकालीन योजनालाई समेत प्राथमिकता दिन नसकेको उनको आरोप छ। कम्युनिष्ट सरकारमा आएदेखि अहिलेसम्म उद्योग, कलकारखाना खोल्न नसकेको भन्दै नेता पौडेलले दुई तिहाईको सरकारले जति गर्नुपर्ने हो त्यति गर्न नसकेको बताए।

    ‘निर्मला हत्या काण्ड, सुन काण्ड, वाइडवडी काण्ड दुई तिहाईको सरकारमा नै भएको छ, भ्रष्टाचार बढेको छ, जति पनि काण्ड भएका छन्, यो सरकार सत्तामा आएपछि भएका छन्,’ उनले भने ‘दुई तिहाईको सरकार भएपछि जति समस्याको समाधान गर्नुपर्ने हो, त्यति यो सरकारले गर्न सकेको छैन, काण्डै काण्डको सरकारले उल्टो अपराधीलाई संरक्षण दिएकाले नै यस्ता घटना बढेका छन्।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]