स्वास्थ्य

जनकपुर अञ्चल अस्पतालमा लापरबाही : सुत्केरी महिलाको पाठेघर फालियो

महिला र बच्चा आइसियुमा

जेठ ३२, २०७६
    • सन्तोष यादव

जनकपुरधाम : व्यथा लागेपछि बटेश्वर गाउँपालिका ४ शान्तिपुरकी पुनिता यादव जेठ २८ मा अंचल अस्पताल जनकपुरमा भर्ना भइन्। सुरुमा चिकित्सकले नर्मल रुपमै डेलेभरी हुने भन्यो। पछि अप्रेशन गरेर मात्र बच्चा जन्मिने बतायो। अभिभावक सहमत भए। अप्रेशनपश्चात् पुनिताले छोरी जन्माइन्।

अप्रेशन गर्दा अत्यधिक रक्तस्राव भए पनि पुनिता बेहोस् भइन्। कुरुवाको रुपमा रहेका उनका ससुरा जोगेन्द्र यादव चिन्तामा डुबे। रक्तस्रोव नरोकिदा पुनिता पीडाले बोल्न पनि नसक्ने अवस्थामा पुगिन्। चिकित्सकले उनका ससुरालाई भन्यो– 'पाठेघर फालेपछि मात्र रक्तस्राब बन्द हुन्छ। बाध्य भएर ससुरा जोगेन्द्र फेरि सहमत भए। र पुनिताको पाठेघर निकालेर चिकित्सकले फाले।'

बच्चा जन्माएको तीन दिन बितिसक्दा पनि पुनिताको होस् खुल्न सकेका छैन। उनलाई अस्पतालले आइसियु कक्षमा राखेका छन्। उनले जन्माएको छोरीको अवस्थासमेत गम्भीर छ। बच्चाको स्वास्थ्यसमेत ठीक छैन। बच्चालाई पनि आइसियु कक्षमै अस्पतालले राखेको छ। यसरी लापरबाही गर्ने चिकित्सक उल्टै धाकधम्की लगाउने गरेको ससुरा जागेन्द्रको गुनासो छ। यस्तो किन भएको भनेर सोध्दा हप्काउने गरेको उनले सुनाए।

ससुरा जोगेन्द्रले डाक्टरको लापरबाहीले बुहारी र बच्चाको स्वास्थ्यसमेत गम्भीर बनेको गुनासो गरेका छन्। उनले भने, ‘अप्रेशन गर्ने बेलामा चिकित्सकले कुनै नशा काटेको हुनुपर्छ। त्यसैले पाठेघर समेत निकाल्यो।’ बच्चा जन्मेको तीन दिन बितिसक्दा पनि स्वास्थ्यमा थोरै पनि सुधार नआएको र बोल्न सक्ने अवस्थासमेत नरहेको उनले थपे।

अस्पतालले औषधि नदिएको गुनासो

सरकारी अस्पतालमा सुत्केरी गराउने महिलालाई तराई सरकारले ५ सय रुपैयाँ दिने व्यवस्था गरेको छ। औषधिसमेत निःशुल्क अस्पतालले नै दिन्छ। तर पुनिताका ससुरा जोगेन्द्रले अस्पतालले एउटै औषधि नदिएको गुनासो गरेका छन्। उनले रगतसहितका औषधिमै अहिलेसम्म ४० हजार खर्च भइरहेको बताए। उनले भने, ‘अस्पतालमा औषधि छैन भनेर डाक्टरले पुर्जा लेखिदिएपछि निजी पसलबाट खरिद गरेर ल्याए।’

गुनासो सुनेर मन्त्री केहि बोलेनन्

अस्पतालमा शनिबार धनुषा चेम्बर अफ कमर्सले ‘वाटर डिस्पेन्सर’ हस्तान्तरण कार्यक्रम राखेका थिए। प्रमुख अतिथि थिए– प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव। कार्यक्रम चलिरहेकै बेला जोगेन्द्रले मन्त्री आएको कसैबाट जानकारी पाए। उनी दौडेर कार्यक्रम चलिरहेको पछाडि आइपुगे। धेरैले उनलाई घेर्न खोजे। पछि मन्त्री यादवले के भयो भनेर बुझे। त्यसपछि मन्त्रीले जोगेन्द्रलाई बोलाएर घटनाबारे जानकारी दिए।

घटना सुनाइरहँदा जोगेन्द्रको आँखा रसायो। रोइकराइ गरेर चिकित्सकको लापरबाही विषयमा मन्त्री समक्ष कुरा राखे। तर मन्त्रीले अब राम्ररी उपचार डाक्टरले गर्छन् भनेर उनलाई पठाए। त्यही कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादबसहितका सबै डाक्टर थिए। तर मन्त्री यादवले किन यस्तो लापरबाही गरेको भनेर केहि भनेनन्। कार्यक्रम सकेपछि हिँडे। यस घटनाबारे मेसु डा. यादव पनि केहि बोल्न मानेका छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]