छापा

बढ्यो विदेशी पुरुषसँग अनमेल विवाह

असार १, २०७६

    काठमाडौं : नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्। दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा विवाहका लागि निवेदन दिए। सबै प्रक्रिायपुगेकाले निवेदन स्वीकृत भयो।

    न्यूयोर्क बस्ने ६५ वर्षका एक पुरुषसँग खोटाङकी ३३ वर्षीया युवतीले विवाह गरिन्। दुवैले काठमाडौं जिल्ला अदालतमा निवेदन दिर्य दर्ता विवाहको प्रमाणपत्र लिए।

    ४८ वर्षीय  भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे। युवतीको भन्दा दोब्बर उमेर भएका उनले जेठ ८ गते अदालती विवाह गरेका हुन्।

    नागरिक दैनिकमा समाचार छ, विदेशीसँग भएका यी अनमेल विवाहका प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय काठमाडौ जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख बढेको छ। आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेको देखिन्छ।। यसरी दर्ता ववाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन्।

    काठमाडौं जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन्। नेपाली युवतीले अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यानडा, फिलिपिन्स, फ्रान्स , बंगलादेश, मलेसिया, पाकिस्तान र भारतलगायत देशका पुरुषसँग विवाह गर्ने गरेका छन्।

     


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]