समाज

मेलम्चीको दोस्रो खण्डको काम सुरु

स्थानीय आएनन् मुआब्जा बुझ्न

फाइल फोटो
असार १, २०७६

    सिन्धुपाल्चोक : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना करिब सात महिनादेखि बन्द छ। ठेकेदार कम्पनीले काम छाडेपछि आयोजना ठप्प भयो। पहिलो खण्डको काममा अन्योल रहँदा शनिबारदेखि दोस्रो खण्डको काम सुरु भएको छ। 

    मेलम्ची खानेपानी आयोजनामा यांग्री र लार्के खोलाको मिसाएर काठमाडौं लग्नका लागि काम सुरु भएको हो। आयोजनाभित्र पर्ने जग्गाधनीहरूका लागि १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्। 

    पाँचपोखारी थाङ्पाल गाउँपालिका १ को १५२ कित्ता र २ को ५५, ४ मा ४४, ८ मा ३६, ९ मा ६  र वडा नम्बर ६ को ४ कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आपग आग्रह गरिएको छ।

    स्थानीय मुआब्जा बुझ्न समेत नआएको पाँचपोखारी थाङ्पाल गाउँपालिका २ का वडाध्यक्ष पासाङ स्याङवोले जनाए। आयोजनाको लागि पालिकाअन्तर्गत पर्ने जग्गा र त्यहाँको संरचनाको मुआब्जा लिन स्थानीय नआएको बताए। मुआब्जा लिन स्थानीय नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयलाई आग्रह गरेको उनको भनाइ छ। 

    दोस्रो खण्ड अन्तर्गतको याग्री र लार्केको पानी लानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।  पहिलो चरणमा १७ करोड लिटर र दोस्रो चरणमा सम्पन्न भएपछि  ५१ करोड लिटरमा संघीय राजधानी पुर्याउने सरकारी योजना छ। दोस्रो चरणका लागि ३० अर्ब रुपैयाँ खर्च गरेर करिब ४ वर्षभित्र काम सक्ने लक्ष्यका साथ काम अगाडि बढ्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]