पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
डडेल्धुरा : आलिताल गाउँपालिका–८ कुर्जेनीमा गएराति ट्र्याक्टर दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको छ। सोही ठाउँको समैजी आधारभूत विद्यालयमा कार्यरत शिक्षक ४० वर्षीय श्याम कलौनीको मृत्यु भएको हो।
गोदाम बजारबाट कुर्जेनी गाउँ आउँदै गरेको बालुवा लोड गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा आलिताल ८ कै पदम राना सामान्य घाइते भएका छन्।
चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर ऐरले जानकारी दिए। चालकको खोजीभइरहेको उनले बताए।
क्षमताभन्दा बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।