राजनीति

पत्रकार महासंघ नवलपुरको कार्यालयमा ताला

असार १, २०७६

    नवलपुर : क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ।

    महासंघ नवलपुरमा सदस्य शुद्धीकरण, नयाँ सदस्यता वितरण र नयाँ सदस्यता शुल्कलगायतको विषयलाई लिएर तालाबन्दी गरेको हो।

    क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीले महासंघ नवलपुरले  सदस्यता शुद्धीकरण नगरी नयाँ सदस्यताको नाममा गैरपत्रकारहरुलाई भर्ती गर्ने र श्रमजीवी पत्रकारहरुलाई महासंघको सदस्य लिनबाट बञ्चित हुने गरी कार्य गरेको भन्दै तालाबन्दी गरिएको दाबी गरे।

    अध्यक्ष पंगेनी, सचिव शोभा जिसी, सहसचिव भीम रानासहितको टोलीले महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दीसँगै जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ नवलपुरमा रहेको नेतृत्वले महासंघलाई पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्नुभन्दा पनि दलको भ्रातृसंगठनको रुपमा विकास गर्दै लगेको आरोप लगाएको छ।

    क्रान्तिकारी पत्रकारले पत्रकारसँग सम्बन्धित पेशागत संगठनहरु सम्मिलित प्रतिनिधिहरुको सहभागिता हुने गरी विशेष समिति बनाएर समाधान खोज्न माग गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]