इजराइलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा संकट बढेको हेर्न नचाहेको प्रतिक्रिया दिएको छ। ह्...
तपाईंले संसारलाई साढे पाँच फन्को लगाउने विश्व साइकल यात्री पुस्कर शाहको बारेमा त सुन्नुभएकै होला। शाहकै लाइनमा छन् ताइवानका जैकी चेन पनि।
उनले चार वर्षअघि जागिर छोडेर साइकलमा विश्व घुम्न निस्केका छन्। हालसम्म ५४ हजार किलोमिटर पार गर्दै ६४ देश घुमिसकेका उनी हाल इजरायलमा पुगेका छन्। जैकी अमेरिका, यूरोप र मध्ये पूर्वका देशहरूमा साइकलको मद्दतले घुमिसकेका छन्।
उनी कुनै होटलमा आराम गर्दैनन्। उनी स्वंयले टेण्ट हालेर आराम गर्ने गर्छन्। आरामको समय उनी घुम्नुपर्ने देश र त्यहाँसम्म पुग्ने बाटोबारे जानकारी मोबाइलद्वारा खोजिनीति गर्छन्।
साइकलमा १०० देश घुम्ने लक्ष्य
जेकीका अनुसार अहिलेको आफ्नो यात्रा बेहद रोमाञ्चक रहेको बताउँछन्। 'हालसम्म मैले ५४ हजार किलोमिटर पार गर्दै ६४ वटा देश घुमिसकेँ। १०० देश घुम्ने मेरो मुख्य लक्ष्य छ' , उनी भन्छन्, अब मैले १ लाख किलोमिटर यात्रा जरुरी छ। जसका लागि मलाई अझै तीन वर्ष लाग्नेछ।'
हाल इजरायलको जेरुशोलममा रहेका उनी यो सहर बेहद सुन्दर रहेको बताउँछन्। उनी भन्छन्, 'यहाँ इसाई, मुस्लिम र यहुदीको मुख्य समुदायहरू बसोवास गर्छन्', उनी भन्छन्, 'यहाँ इजरायल र प्यालेस्टाइन देशबीच लामो समयदेखि संघर्ष जारी छ। तर, पनि यो सहरलाई युद्धले कुनै असर पारेको छैन। ९ लाख जनसंख्या रहेको यस सहर प्राचिनका साथसाथै अधुनिपकताले भरिपूर्ण पनि छ।'
यात्रासँगै चुनौती
यात्राका क्रममा उनले कैयौँ चुनौतीको सामना पनि गरेका छन्। सबैभन्दा ठूलो चुनौती भनेको मौसम रहेको उनी बताउँछन्। उनी सम्झिन्छन्, 'मौसमका कारण कैयौँपटक मृत्युको नजिक पुगेर पनि फर्किएको छु।'
जैकीको यात्रा अमेरिकाको अलास्काबाट सुरु भएको थियो। उनी दक्षिण अमेरिकास्थित पेरुको २५ सय मिटर उचाइमा अवस्थित इका सभ्यताको अवशेष माचु पिच्चु पुगिसकेका छन्। जेरुसशोलम पश्चात उनी जोर्डन हुँदै अफ्रिका महादेको यात्रा तय गर्नेछन्।
रमाइलो कुरा के भने उनले आफ्नो परिचय दिन आफ्नो सर्टको पछाडि लेखेका छन्, 'म जैकी हुँ। मेरो देश ताइवान हो।' उनले २०१७ मा स्कटल्याण्डका मार्क बुमाण्टले ७९ दिनमा संसार घुमेर विश्व रेकर्ड राखेका थिए। तर, जैकीले भने रेकर्ड बनाउनभन्दा रोमाञ्चक यात्राका लागि विश्व भ्रमण गर्न चाहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।