समाज

न्युरोडमा सुरु भयाे स्मार्ट पार्किङ

असार १, २०७६

    काठमाडौः काठमाडौं महानगरपालिकाले आइतबारदेखि न्युरोडको विशाल बजार अगाडि र धर्मपथबाट सःशुल्क स्मार्ट पार्किङ सञ्चालन गरेको छ।

    स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयले सडक अव्यवस्थित र पार्किङ व्यवस्थित गर्न आग्रह गरेपछि स्मार्ट पार्किङको सुरू गरेको बताए।

    उनले यसलाई अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरू गरिएको भएपनि यसलाई अझ विस्तारित रुपमा अगाडि बढाउने जानकारी दिए। नेपालमा नै यो पहिलोपटक यस्तो प्रोजेक्ट सुरु गरिएकाले यसलाई परिस्कृत गर्दै लगिने उनको भनाइ छ।

    सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्याको रुपमा रहेको उल्लेख गर्दै उनले यो सेवाबाट सडकमा पार्किङ गर्ने निरूत्साहित हुने विश्वास व्यक्त गरे। प्रमुखले भने,' जथाभावी पार्किङ गर्ने अनि अव्यवस्थित भयो भनेर गुनासो गर्न सेवाग्राही आउँछन। उनले भने, ‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं। यसले १०० जनालाई रोजगारी दिनेछ ।'

    उनका अनुसार महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको छ। पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ। स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए ।स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ। महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपाङ्ग्रेका लागि ८० तोकिएको छ।

    ह्वील ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशालबजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो । अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै सही समयमा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन्।

    ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिनमा हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्। त्यस ठाउँको व्यवस्थापनका लागि ४८ वटा सीसी क्यामरा जडान गरिएको छ। साथै पार्किङ सहयोगी समेत राखिएको छ। उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन्। त्यसैगरी त्यसक्षेत्रको शान्ति सुरक्षामा समेत टेवा पुग्ने महानगरले जनाएको छ।

    त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो। रिजर्भ पनि गर्न सकिन्छ। रिजर्भ गरेको समय देखि १५ मिनेटमा पार्किङ गरिएको स्थानमा पुगिसक्नुपर्नेछ। समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ। सेवाका लागि ‘पार्क केटीम’ एप'  डाउलाेड गरेर  बुक गर्न सकिने र आइओएसको लागि थप तयारी हुदै गरेको महानगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]