राजनीति

गुठी विधेयकले सरकारलाई क्यान्सर लाग्ला : सांसद परियार

असार १, २०७६

    काठमाडौं : नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गरेको आरोप लगाएकी छन्।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद परियारले सरकारले किसानको नाममा धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता पोस्ने प्रयत्न गरेको आरोप लगाइन्। उनले सरकारले गुठी विधेयकका सवालमा आफ्नो शक्ति देखाउने प्रयत्न गरे सरकार स्वयमलाई त्यसले नोक्सानी पुर्‍याउने चेतावनी दिइन। उनले भनिन्, 'शक्ति र बल छ भन्दैमा फलाममा गएर मुड्की बजार्दैमा, सिमेन्टको भित्तामा गएर मुड्की बजार्दैमा र ढुंगामा मुड्की बजार्दैमा त्यो हात सफल रहन्छ भन्ने छैन। त्यो घाउ चोट हुन सक्छ। त्यो हात भाँचिन सक्छ। निकै नहुने गरी चोट लागेर क्यान्सर भएर झर्न पनि सक्छ। सरकारले थाहा पाओस् कि नेपालमा गुठी विधेयकलाई लिएर संविधानलाई नै मास्ने प्रयत्न गरेको छ, त्यो प्रयत्न क्यान्सरको रूपमा भोलि खडा हुनेछ।'

    सांसद परियारले गुठी व्यवस्था आफैँमा सम्पदा भएको तर्क गर्दै सम्पदा मास्ने काम कांग्रेसलाई स्वीकार्य नहुने बताइन्।

    त्यसैगरी, प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद प्रमोद साहले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए। लोकसेवा आयोगले निकालेको विज्ञापन संविधान विपरीत भएको भन्दै सच्याउन बारम्बार सचेत गराउँदा पनि सरकारले वेवास्ता गरेको भन्दै उनले संविधानमा उल्लेखित समानुपातिक समावेशी व्यवस्था कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सचेत गराए। उनले गुठी विधेयकको पनि विरोध गरेका थिए। सभामुख महराले आइतबारको बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेस र राजपाका सांसदहरूले उठेर ध्यानाकर्षण गराएपछि सभामुखले नेपाली कांग्रेसकी सांसद परियार र राजपाका सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]