विश्व

यस्तो ठाउँ, जहाँ पढेबापत विद्यालयलाई फोहोर दिनुपर्छ

असार १, २०७६

    बच्चाको विद्यालय शुल्कका लागि अब फोहोर लिएर जाने प्रचलन सुरु भएको छ। नाइजेरियाको अजेनगुले लागोस सहरमाबाट यसको थालनी भएको हो। 

    ३० लाख जनसंख्या भएको अजेनगुले लागोस सहरमा यस कामको थालनीले स्थानीयले राहत महसुस गरेका छन्। बच्चाको विद्यालय शुल्कका लागि अभिभावकले बोत्तलमा फोहोर बोकेर विद्यालय जानुपर्नेछ। फोहोरको मूल्यअनुसार बच्चाको शुल्कमा घटाइनेछ।

    यो कार्यबाट दुई कुरामा फाइदा हुनेछ। यसमा अभिभावकलाई बच्चाको पढाइमा हुने आर्थिक भार कम हुनेछ भने, सहरको पर्यावरणीयलाई समेत सफा हुनेछ। अफ्रिकन क्लिन अफ इनिशियटिव र विसाइक्लर्स संस्थाको संयुक्त सहयोगमा यो प्रोजेक्ट मारिट इन्टरनेसनल स्कुलमा सुरु भएको हो।

    संस्थाले यो योजना अन्य विद्यालयमा पनि सुरु गर्दैछ। यो योजनाबाट स्थानीयहरू खुसी भएका छन्। अर्थिक विपन्नता भएका बच्चाहरूले शिक्षाबाट वञ्चित हुने अवस्थाबाट यो योजनाले पूर्णरूपले निस्तेज गर्नेछ। यो योजनालाई स्वागत गर्दै स्थानीय शेरिफत ओंकुवोले भने, 'बच्चाको  मासिक शुल्कको लागि कडा संघर्ष गर्दै आएको थिएँ। कैयौँ समय आधा शुल्क दिने गरेको थिएँ। अब यो योजनाले आपूलाई सहज महसुस भएको छ।'

     स्थानीय जेनअनिमायाले यो योजनाले आफ्नो बोझ कम भएको बताए। 'बच्चाहरूलाई शिक्षाबाट वञ्चित हुनुनपर्ने यो योजनाले आफू पूर्णरूपले खुसी छु।' लागोसमा अलावा भारतको पूर्वी राज्य असामको उक विद्यालयमा पनि शुल्कभन्दा फोहोर लिने प्रचलन रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]