सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
सर्लाही : केही दिनदेखि बढेको गर्मीले विद्यार्थीको पठनपाठन नै प्रभावित भएपछि सर्लाहीका सामुदयिक र संस्थागत विद्यालयहरू धमाधम बन्द हुन थालेका छन्।
अत्यधिक गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि सर्लाहीको लालबन्दी नगरपालिका भित्रका सम्पूर्ण सामुदयिक र संस्थागत विद्यालय आइतबारदेखि अनिश्चित समयका लागि बन्द गरिएको नगरपालिकाका शिक्षा शाखाका संयोजक बासुदेव तिमल्सिनाले जानकारी दिए।
शिक्षकहरूले नै गर्मीले विद्यार्थीको उपस्थिति घटेको र विद्यार्थी बिरामी पर्न थालेको जानकारी गराएपछि गर्मी कम नहुञ्जेल विद्यालय बन्द गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्काले बताए।
त्यसैगरी सोमबारदेखि लागू हुनेगरी शुक्रबारसम्म पठनपाठन बन्द गरिएको बागमती नगरपालिका शिक्षा शाखाका संयोजक ओम कार्कीले जानकारी दिए।
हाल लालबन्दी नगरपालिकाभित्र ४८ वटा सामुदायिक र दुई दर्जन बढी संस्थागत र बागमती नगरपालिकामा २५ वटा सामुदायिक र डेढ दर्जन संस्थागत विद्यालय सञ्चालनमा छन्।
अहिले दिइएको बिदा बर्खे बिदाबाट कटौती हुने नगरपालिकाले जनाएको छ। गर्मीले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनिरहेको छ। अत्यधिक तापक्रमका कारण दिनानुदिन गर्मी बढ्दै जाँदा मानिसलाई दैनिक क्रियाकलापमा कठिनाइ भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।