काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। बुधबार १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको...
जाजरकोट : घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष शतप्रतिशत राजश्व संकलन गरेको छ। आव २०७५/०७६ मा कार्यालयले रु २९ लाख ५० हजार राजश्व संकलन गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ मा नामसारी, खारेजी, पुँजीवृद्धि, कारोबार संशोधन, दर्ता तथा नवीकरण भएका उद्योग, वाणिज्य फर्महरूबाट रु २९ लाख ५० हजार राजश्व संकलन भएको घरेलु साना उद्योग विकास समिति जाजरकोटका उद्योग अधिकृत चेतनाथ घिमिरेले जानकारी दिए। सानो जिल्लामा पनि ठूलो रकम संकलन भएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ।
घिमिरेले गत आवभन्दा शतप्रतिशतले राजश्व वृद्धि भएको बताए। विषयगत कार्यालयले उद्योग दर्तालाई मुख्य प्राथामिकताका साथ अनुदानका कार्यक्रम सञ्चालनले राजश्वमा वृद्धि भएको उनको भनाई छ। कार्यालयका कर्मचारी जिल्लाका सातवटै स्थानीय तहमा पुग्दा उद्योग दर्ता गर्नको लागि प्रामर्श दिएकोले अन्य वर्षको तुलनामा जाजरकोटको राजश्व वृद्धि भएको प्रमुख घिमिरेको भनाई छ।
आव २०७५/०७६ मा घरेलु साना उद्योग बिकास समिति, शाखा कार्यालय, जाजरकोटमार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रमका लागि आएको चालु तर्फको १ करोड ६७ लाख ७९ हजार कार्यान्वयनको चरणमा रहेको कामु अधिकृत घिमिरेले जानकारी दिए।
घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालयको नियमित तर्फको बजेटवाट उद्यमी श्रृजना तथा रोजगार कार्यक्रमअन्तरर्गत, विभिन्न सीप विकास तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ। उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत सीप विकास तालिम सञ्चालन गरिएको उनको भनाइ छ।
जिल्लामा रहेका बेरोजगार ८० जना युवालाई उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत उद्यमशिलता विकास तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। जिल्लामा लामो तथा छोटा सीप विकास तालिमबाट घरेलु कार्यालयले मात्र ५ सय नयाँ उद्यमी सृजना गरेको घिमिरेले जानकारी दिए।
त्यसैगरि, घरेलु साना उद्योग विकास समितिले जिल्लाभित्रका उद्योगीलाई रु ३१ लाख मूल्य बराबरको प्रविधि हस्तान्तरण गरिएको छ। आब २०७४/०७५ मा घरेलु साना उद्योग विकास समितिले रु १५ लाख ८४ हजार राजश्व संकलन गरेको थियो। २४ लाख १३ हजार मूल्य बराबरको प्रविधि २३ जनालाई हस्तान्तरण गरिएको थियो भने, २ लाख ७४ हजार मूल्य बराबरको उपर्युक्त प्रविधि हस्तान्तरण गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।