राजनीति

संघीयता असफल पार्न अनर्गल प्रचार : मुख्यमन्त्री शाही

असार १, २०७६

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको बताएका छन्।

    आइतबार सुर्खेतको वीरेन्द्रगरमा सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गरे।

    ‘सरकारको नेतृत्वविरुद्ध जनमानसमा भ्रम श्रृजना गर्दै संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्न खोजिएको छ,’ मुख्यमन्त्री शाहीले भने ‘गलत उद्देश्यले गरिएका यस्ता प्रचारवाजीविरुद्ध जनता सचेत रहन आवश्यक छ।’ मुलुकमा कानुनी शासन रहेको बताउँदै उनले सरकारमा बस्नेहरूले भ्रष्टाचार गरेको पाइएमा कानुन बमोजिम दण्ड हुने बताए। मुख्यमन्त्री शाहीले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको दावी गरे।

    संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्ने दावी गरे। संघीयता विरोधी समूहहरूले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको शाहीको भनाइ छ।

    संभावनै संभावनाहरूको खानी रहेको कर्णालीमा आर्थिक विकासको लागि वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका हुने बताउँदै मुख्यमन्त्री शाहीले उत्पादनमूलक र रोजगारी श्रृजना गर्ने क्षेत्रमा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिए।

    उनले साना तथा स्वरोजगारमूलक व्यवसायमा पनि लगानी बढाउन आग्रहसमेत गरे। मुख्यमन्त्री शाहीले बैंकहरू नाफामुखी मात्रै भएको भन्ने जनगुणासोलाई पनि बैंकहरूले ख्याल गर्नुपर्ने बताए।

    व्यवसायीको लगानी डुब्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले लगानी सुरक्षाको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]