समाज

लुटपाटमा संलग्न २ जना पक्राउ

असार १, २०७६

    भक्तपुर : प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ। 

    महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली डलर र नक्कली सुनलाई सक्कली भन्दै लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रविशेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो।

    काठमाडौंको थलीमा ८ लाख, कपनमा ७ लाख ठगी गरी भागेका उनीहरूलाई १५ लाख ठगी गर्न लागेको अवस्थामा आज बिहान भक्तपुरको साँगाबाट पक्राउ गरी कारवाही प्रक्रियालाई अघि बढाइएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

    पक्राउ परेका उनीहरूले काठमाडौंको नयाँ बसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई लुटपाट गर्दै आएको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]