अर्थ

पत्याउनु हुन्छ? व्यवसाय गर्न १ प्रतिशत ब्याजमै ऋण!

प्रतीकात्मक तस्बिर
असार १, २०७६

    सिन्धुपाल्चोक : तपाईंलाई झट्न सुन्दा पत्यार नलाग्न सक्छ। सामान्यत ऋणको ब्याज सहकारी वा बैंकतिर भए कम्तिमा १० देखि १४ प्रतिशत हुन्छ। व्यक्तिगत भए २४/३६ प्रतिशतसम्म ऋणको ब्याजदर हुन्छ। तर, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकामा एक प्रतिशत ब्याजदरमा ऋण लिन सकिन्छ। जुन कुरा यथार्थ हो।

    सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले पशुपालनबाट कृषकको जनजीवनमा सुधार ल्याउने, कृषि र पशुपालनलाई व्यवसायी बनाउँने ध्येका साथ एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँन लागेको हो। एक प्रतिशत ब्याजमा प्रदान हुने रकम छुट्टै कोष स्थापना खडा गरेर ऋण दिन तयारी भइरहेको छ।

    कृषि र पशुपालनलाई व्यावसायीकरण गर्ने उद्देश्यले यस्तो योजना बनाएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जनाए। उनका अनुसार चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्टाएको थियो। तर, रकम थोरै भएकाले काम गर्न असहजको अवस्था आएपछि कोष खडा गरेर सो रकम राखिको छ। त्यसको लागि आगामी आर्थिक वर्षमा सो योजनाको लागि ५० लाख रुपैयाँ बजेट राखेको बताए।

    ‘दुई वर्षको गरि करिब कोषमा जम्मा ६५ लाख रुपैयाँ हुन्छ। त्यसलाई कृषक समूहबाट छनोट भएर आएका व्यक्तिलाई ५ लाखसम्म रुपैयाँ लोन दिने योजना छ’ अध्यक्ष नेपाल थाहाखबरसँग फोनमा कुराकानी गर्दै भने, ‘हाम्रो मुख्य उद्देश्य भनेका पशुपालन र कृषि क्षेत्रमा व्यवसायीकरण गर्दै आफैँमा आत्मनिर्भर बनाउँनु हो।’

    अनुदानको रुपमा रकम बाढ्दा पहुँचवाला व्यक्तिको हातमा मात्रै पर्ने भएकाले यस्तो प्रक्रिया अपनाएको उनको भनाई छ। रकम लिनको लागि कृषक समूहबाट आएपछि उनीहरूकै रोहवरमा ५ वर्षको लागि सो रकम दिइने जनाए।

    ऋण वितरण गर्नको लागि दुई वटा समिति बनाएर दिइन्छ। ऋणका लागि अनुदान कार्यान्वायन तथा सिफारीस समिति निर्माण हुनेछ। वडा अध्यक्षको रोवरमा  समिति निर्माण हुन्छ। ऋणका पशुपालन गरिरहेका वा गर्न चाहेका कृषकले प्रस्तावनासहित आवेदन पेश गर्नुपर्ने हुन्छ।

    कृषि र पशुपालनको लागि प्रात्साहन गर्नको लागि गाउँपालिकाले महत्वकाक्षी योजना अगाडि ल्याएको हो। गाउँपालिकाले ऋण लिएका ऋणीहरूका लागि पशुपालन र कृषि उत्पादनको लागि तालिमसमेत व्यवस्था गर्ने जनाएको छ। जनप्रेमी योजना भएकाले सहुलीय ऋण दिने योजनामा गाउँपालिकाले रकम बढाउँदै जाने लक्ष्य लिएको छ।

    गाउँपालिकाले कृषकहरूको लागि ल्याएको यस्तो योजना प्रभावकारी हुने अपेक्षा राखेको छ। एक प्रतिशत ब्याजमै ऋण उपलब्ध हुने भएपछि स्थानीय खुसी भएका छन्। दिनप्रतिदिन विदेशको मोह जागेको युवामा सहुलिय ऋणले गर्दा आफ्नो ठाउँमै आम्दानीको स्रोतको मार्गचित्र कोर्ने गाउँपालिकाले अपेक्षा राखेको छ।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]