विश्व

चिनियाँ राष्ट्रपतिको जन्मदिनमा पुटिनको 'आइसक्रिम बक्स' उपहार

असार १, २०७६

    चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार आफ्नो ६६ औँ जन्मदिन मनाएका छन्। यही मौकामा रूसका राष्ट्रपति ब्लादिमिर पुटिनले जिनपिंगलाई आइसक्रिम बक्स गिफ्ट गरेका छन्।

    पुटिनले भनेका छन्, ‘जन्मदिवसको बधाइ, मेरो शुभकामना तपाईंको साथमा छ। तपाईं जस्तो मित्र पाउँदा म अत्यान्तै खुसी छु।’

    सो कार्यक्रम हुँदा दुवै नेता ताजिकिस्तानमा आयोजित कन्फ्रेन्स अन इन्टरेक्शन एन्ड कन्फिडेन्स बिल्डिङ मेजर्स इन एशिया (सिआइसिए) को पाँचौँ बैठकमा सहभागि थिए।

    क्रेमलिन (रूसी राष्ट्रपति कार्यालय)को वेबसाइटका अनुसार, पुटिन र जिनपिंगको यो भेट ताजिकिस्तानको राजधानी राजधानी दुशान्बेमा आयोजित सिआइसीए कन्फ्रेन्समा साहभागि भएका थिए। यो कन्फिरेन्समा इरान र कतारलगायत गरेर २७ देशका प्रतिनिधि सहभागि थिए।

    जिनपिंग पछिल्लो हप्ता तीन दिवसीय भ्रमणका क्रममा रुस पुगेका थिए। यही क्रममा उनले पुटिनलाई आफ्नो सबैभन्दा राम्रो मित्र भएको बताएका थिए।

    वेबसाइटका अनुसार, पुटिनले आइसक्रीमसँगै जिनपिंगलाई एउटा केक र फुलदान पनि दिएका थिए। यसैक्रममा जिनपिङले पुटिनलाई चिनियाँ चिया उपहार दिएका थिए।

    वेबसाइटमा दुवै देशका नेताको तस्विर पनि शेयर गरिएको छ। यसमा दुवै नेता जन्मदिन मनाउनका लागि श्याम्पेनको गिलास लिएको देखिएको छ। यसक्रममा जिनपिङले पुटिनलाई उनी चीनमा पनि प्रसिद्ध रहेको बताएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]