काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। म...
सिडिओबाटै डर र धम्की आएको आरोप
डडेल्धुरा : डडेल्धुरा सदरमुकामा रहेको डडेल्धुरा अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै अस्पतालका सबै चिकित्सक बिदामा बसेका छन्।
आइतबार अस्पतालमा कार्यरत ११ जना चिकित्सकले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र बुझाएका हुन्।
मेडिकल सुपरिटेन्डेन्ट कँडेललाई बझाइएको पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ।
अस्पतालमा हुलदंगा गर्नेलाई कारबाहीको दायारामा नल्याएसम्म काममा फर्कने वातावरण नभएको कुरा पनि उक्त पत्रमा उल्लेख गरिएको छ।
‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाडोभन्दा चाडो कानुनी कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरू आजैबाट सामूहिक बिदामा बस्ने अवगत गराउँछौं,’ चिकित्सकले मेसुलाई बुझाएको सामूहिक बिदापत्रमा उल्लेख गरिएको छ।
बिदामा बस्ने चिकित्सकमा डा. ललित सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभाष लामिछाने, विकास दुवाडी, वीभव वस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डा. डबल बुढा रहेका छन्।
अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो।
उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गरलगायतका नारा लगाउँदै शनिबार महिलाले प्रशासन घेराउन गरेका थिए। महिलाले जुलुस निकाली प्रशासन घेराउ र अस्पताल घेराउ गरेका थिए।
आफन्त र गाउँले पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडकसमेत अवरुद्ध पारेका थिए। बिहान १० बजेदेखि मृतकका आफन्तले दिउँसोसम्म सडक अवरुद्ध पारेका थिए।
‘ब्लिडिङ’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ।
अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवारको छ। तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ।
यो पनि पढ्नुस्ः
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।