समाज

गुठी विधेयकविरुद्ध जनकपुरका साधुसन्तको प्रदर्शन

असार १, २०७६

    जनकपुरधाम : सरकारले ल्याएको गुठी विधेयकविरुद्ध आइतबार जनकपुरमा साधु-सन्तले प्रदर्शन गरेका छन्।

    जिल्ला प्रशासन कार्यालय अगाडि साधुसन्तले ‘गुठी विधेयक फिर्ता गर’ उल्लेखित व्यानरका साथ प्रदर्शन गरेका हुन्। सयौँको संख्यामा रहेका सन्तहरूले जिल्ला प्रशासन कार्यालय पुगेर ओली सरकार मुर्दाबाद, गुठी विधेयक फिर्ता लेऊ, मठ मन्दिर कब्जा गर्न पाइँदैन जस्ता नारा लगाए।

    प्रदर्शन गर्न सन्तहरू जिल्ला प्रशासन कार्यालय अगाडि पुगेपछि सुरक्षाकर्मीले मूल ढोका बन्द गरेका थिए। प्रदर्शनका कारण केहिबेर कार्यालयको कामकाजसमेत प्रभावित बनेको थियो।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई साधुसन्तले ज्ञापनपत्र समेत बुझाएका छन्। ज्ञापन पत्रमा गुठी विधेयक तत्कालै फिर्ता लिनुर्पे माग गरिएको छ। साथै उक्त विधेयक फिर्ता नलिए कडा संघर्षमा जाने चेतावनी पनि ज्ञापन–पत्रमार्फत दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]