काठमाडौँ : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। भोलि मंगलबार उनी नेपालको औपचारिक भ्...
काठमाडौं : सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समीकरण बदल्ने खेल भइरहेको बताएका छन्।
विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समीकरण फेरबदलको खेल भइरहेको बताएका हुन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नेताहरूको कमिकमजोरीबाट बाह्य शक्तिहरूले नाजायज फाइदा उठाइरहेको र तीनै शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समीकरण फेरबदलको तयारी भइरहेको दाबी गरेका हुन्।
गुरुङले भने, 'विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ। यहाँका कतिपय दलका नेता यहीँ मुद्दालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर, सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन्। कतिपयले यहीँ मुद्दालाई उठाएर पेलेको पेलेइ गरेर आफुँ सधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन्। कतिपयले यही मुद्धालाई केन्द्रबिन्दु बनाएर समीकरण फेर्ने, टुटाउने, फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ।'
नेताहरूको कमजोरीबाट नाजायज फाइदा उठाएर फेरी नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको पनि गुरुङले बताए। नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको विरुद्धमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए। नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको उनले दाबी गरे।
गुरुङले भने, 'नेपाल अब विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन। दक्षिण कोरिया मात्रै हुनेवाला छैन। दुईवटा छिमेकी राष्ट्रको बीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन? त्यो दिशा तर्फ जाँदै छ।'
पश्चिमा शक्तिले फेरी पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्धालाई हतियारको रूपमा प्रयोग गर्न खोजिरहेको भन्दै गुरुङले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए।
शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै गुरुले त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले पश्चिमा शक्तिकेन्द्रहरू नेपालमा शान्ति कायम हुन नदिने, जसरी पनि द्वन्द्व मच्चाउने र द्वन्द्वका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे। नेपालमा फेरी पनि असान्ति निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने र छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क थियो।
यहीँ उद्देश्य पुरा गर्नका लागि द्वन्द्वकालिन समयका मुद्दालाई अड्काउने काम भएको उनले दाबी गरे।
विगतमा मुद्धा लगाइएका कयौँलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तीव्र हुँदै गएको भन्दै गुरुङले नेपालको राजनीतिक कोर्सबारे चिन्ताको विषय बनेको बताए।
हालै संयुक्त राष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरूले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको बताए। संयुक्त राष्ट्रसंघ नेपाल पक्षधर हुँदाहुँदै कुटनीतिक मर्यादा उलंघन गरेर ९ वटा मुलुकसँग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको उनले दाबी गरे।
गुरुङले भने, 'यो मुद्दालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यहीँ मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ।'
मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले एकाधिकार दलाल पूँजीवाद भुमि व्यवस्थापनको मुख्य चुनौति रहेको बताए। बहुराष्ट्रिय कम्पनीले बैकसँग ऋण लिने र घरजग्गाको कारोबार गर्ने र सो कारोबार मार्फत ठुलो परिमाणमा जमिन एकाधिकार दलाल पूँजीवादको कब्जामा जाने गरेको भन्दै उनले त्यसैमा केन्द्री भएर भुमिसुधार मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।