अर्थ

प्रदेश १ : ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत (पूर्णपाठ)

फाइल तस्बिर
असार १, २०७६

    विराटनगर : प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ।

    जसमध्ये चालूतर्फ १८ अबै ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु. ८ करोड विनियोजन गरेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको छ ।

    उक्त अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँडबाट १० अर्ब ५२ करोड र अनुदानबाट रु. २१ अर्ब २१ करोड व्यहोरिने उल्लेख छ । चालू आर्थिक वर्षको नगद मौज्दात करिब ६ अर्ब ६१ करोड रहनु आर्थिक मामिला तथा योजनामन्त्रीले पूर्वानुमान गर्दै बजेट प्रस्तुत गरेका छन्।

    विनियोजित बजेट अनुसार कृषि , पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रका लागि १ अर्ब ६६ करोड, वन तथा वातावरणका लागि १ अर्ब २० करोड बजेट छुट्याएको छ। यस्तै उद्योग वाणिज्य, आपूर्ति क्षेत्रको विकासका लागि ४७ करोड, सिंचाई व्यवस्था तथा नदी नियन्त्रणका लागि ३ अर्ब २० करोड, समग्र शिक्षा क्षेत्रका लागि १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ।

    यस्तै स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाएको लागि ३ अर्ब, खेलकुदकालागि ४७ करोड ५५ लाख, सडक पुलमा ८ अर्ब, आवास भवन तथा सहरी विकासका लागि ३ अर्ब, कृषि क्षेत्रको उत्पादन प्रशोधन, भण्डारण, बजारीकरणका लागि २० करोड बजेट विनियोजन गरिएको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]