काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा एउटा प्रतियोगितामा ५२३ को रेकर्ड बनेको छ। गएराति भएको ख...
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि ५ अर्ब २६ करोड ५७ लाख ४६ हजार बजेट लाग्ने अनुमान गरिएको छ।
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मूल समारोह समितिअन्तर्गतको बजेट निर्माण कार्यदलले आइतबार सो प्रतियोगिताका लागि ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट लाग्ने अनुमानित खाका प्रस्तुत गरेको हो।
कार्यदलका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाले खेलकुद क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसँगको छलफलपछि सो प्रतियोगिताका लागि लाग्ने अनुमानित बजेटको खाका तयार पारिएको जानकारी दिए।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सो प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिइएको बताए। उनले सो प्रतियोगितामा भाग लिने राष्ट्रलाई निमन्त्रणा पठाउने काम पनि सुरु गरिएको बताए।
आगामी मंसीर १५ गतेदेखि २४ गतेसम्म सो प्रतियोगिता नेपालमा आयोजना हुँदैछ। सरकारले यसअघि नै सो प्रतियोगिताको लोगो र मस्कट तयार पारी सार्वजनिक गरिसकेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।