समाज

सुर्खेत-काठमाडौं हवाई सेवा अब साँझ पनि

असार १, २०७६

    सुर्खेत : सुर्खेतदेखि काठमाडौंसम्म बुद्ध एयरले आइतबारबाट साँझमा पनि उडान शुरु गरेको छ। गतवर्षको चैत २५ गतेदेखि विहान मात्रै उडान गरिरहेको बुद्ध एयरले आजदेखि साँझ पनि उडान सुरु गरेको हो।

    बुद्धले एक विज्ञप्ति जारी गरी आइतबारदेखि साँझ पनि सुर्खेत काठमाडौं उडान सुरु गरिएको जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंको दुरी कम गराउन बुद्ध एयरले महत्वपूर्ण योगदान गरेको र असार १ गतेदेखि साँझ पनि उडान थप गरिएको जनाएको छ।

    बेलुक ४ बजे सुर्खेतदेखि काठमाडौं उडान हुनेछ। एकै दिनमा सुर्खेत काठमाडौंको सम्पर्कले गर्दा दुई राजधानीका साथै पहाडी जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष फाइदा पुग्ने बुद्धले जनाएको छ। अहिले सुर्खेत विमानस्थलको धावनमार्ग १२ सय ५५ मिटर भएको र यसमा साढे ३०० मिटर थप गरेमा ठूला जहाज पनि आउने र जसका कारण भाडा कम हुने बताइएको छ।

    धावनमार्ग विस्तार गर्नसम्बन्धी पक्षलाई बुद्ध एयरले आग्रह समेत गरेको छ। सुर्खेत उद्योग बाणिज्य संघमा भएको एक छलफलमा बुद्ध एयरले एक महिनासम्म साँझको उडानका यात्रुहरुको चापका आधारमा भाडा समायोजन गर्ने जनाएको छ।

    बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले एक महिनासम्म साँझको उडानमा यात्रुको चापलाई आधार मानेर भाडा समायोजन गर्ने जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]