समाज

भ्रष्टाचारविरुद्ध साइकल यात्रा

असार १, २०७६

    काठमाडौं : भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन्। खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन्।

    साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन्। देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए।

    रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकलयात्राबारे जानकारी दिदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए। देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

    देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहापाएको बताए। साइकल यात्राको उद्देश्य देशको वास्तविक अवस्था बुझ्नु रहेको उनको भनाई थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]